४ सय रुपैयाँले बढ्यो बुधबार सुनको मूल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौँथो दिन (आज) बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ सय रुपैयाँले बढेर १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १५ हजार १० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १० सय ४० रुपैयाँ र चाँदीको मूल्य १२ सय १३ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्