अम्बाको मूल्य बढ्यो, बुधबार यस्तो छ अन्य तरकारी तथा फलफुलको मूल्य…

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अम्बाको मूल्य बढेको छ भने अन्य तरकारी तथा फलफुलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार बुधबार रुख टमाटर १ सय ४० रुपैयाँ, नेपाली ठुलो गोलभेडा न्युनतम ५०, भारतीय ठुलो गोलभेडा ६०, भारतीय सानो गोलभेडा २५, तराईको सानो गोलभेडा २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, तितो करेला १ सय २०, लौका ५०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ६०, हरियो फर्सी (डल्लो) ६०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ८०, बरेला ५०, पिंडालु ८०, स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ६० रुपैयाँ, चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, मेथीको साग ६० रुपैयाँ र सौफको साग ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार भारतीय सुकेको प्याज ७० रुपैयाँ,  हरियो प्याज ९०, लोकल गाजर ३० रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, रातो बन्दा ४०, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ३० रुपैयाँ, काउली तराई  २०, ब्रोकाउली ३०, रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी  रातो मुला ३० रुपैयाँ, सेतो मुला लोकल २५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) २५ रुपैयाँ, गान्टे मूला ७०, भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ५०, मटरकोशा ८० रुपैयाँ, घ्यु सिमि लोकल १ सय रुपैयाँ, घिउ सिमी (हाइब्रीड) १ सय, घिउ सिमी (राजमा) १ सय, टाटे सिमि ७० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

यसैगरी, आज बकूला ८०, तरुल ६०, कुरीलो १८ सय, कन्य च्याउ १ सय, डल्ले च्याउ ३ सय,  चुकन्दर ६०, सजिवन १ सय ३०, सेलेरी ८०, पार्सले २ सय २०, पुदिना २ सय २०,  इमली १ सय ४०, तामा ९०, तोफु १ सय ५०, गुन्दुक २ सय ५०, अदुवा २ सय, हरियो खुर्सानी ९०, सुकेको खुर्सानी ४ सय २०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ७०, अकबरे खुर्सानी २ सय ५०, भेडे खुर्सानी ९०, हरियो लसुन १ सय २०, हरियो धनिया ४०, चाइनिज सुकेको लसुन ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार हरियो अंगुर १ सय २०, कालो अंगुर १ सय ८०, नेपाली सुन्तला १ सय ४०, हरियो तर्बुजा ६०, मौसम १ सय ३०, जुनार २ सय २०, भुई कटहर प्रति गोटा १ सय ५०, रुख कटहर १ सय २०, लोकल काक्रो १ सय ५०, हाइब्रिड काक्रो ६०, निबुवा ५०, चाइनीज नासपाती २ सय २०, नेपाली मेवा ६०, भारतीय मेवा ८०, अम्बा १ सय ५०, लप्सी १ सय १०, किनु ९०, किवी ४ सय, अभोकाडो ४ सय, अमला ७० र स्ट्रबेरी भुईऐसेलु २ सय ५० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । त्यसैगरी आज छ्यापी हरियो १ सय रुपैयाँ, ताजा माछा(रहु) ३ सय ४०, ताजा माछा (बचुवा) २ सय ५०, ताजा माछा (छडी) २ सय ५०, ताजा माछा (मुंगरी) ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्