आँखा शिविरबाट १ हजारभन्दा बढी लाभान्वित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आँखा शिविरबाट १ हजारभन्दा बढी लाभान्वित भएका छन् । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको नि:शुल्क आँखा शिविरबाट १ हजार ५१ जना लाभान्वित भएका हुन् ।

मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बुका सात स्थानमा हालै शिविर आयोजना गरिएको हो । मेलम्ची नगरपालिका-४ पिप्लेमा भएको शिविरमा १ सय ९० जना, मेलम्ची-७ मा १ सय ५०, मेलम्ची ११ मा १ सय ६६, इन्द्रावती वडा नं १२ भीमटारका १ सय १६, हेलम्बु गाउँपालिका-२ किउलका ७३, पाँचपोखरी थाङपाल गाउँपालिका-५ गुन्साका १ सय ८४ र तिपेनीका १ सय ७२ गरी १ हजार ५१ जनाले सेवा लिएका हुन् ।

शिविरमा सेवा लिन आएकामध्ये १ सय २२ जनामा मोतियाविन्दु फेला परेको र १ सय ३९ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले जानकारी दिएका छन् । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सुष्मा दुवाल नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो ।

मेलम्ची नगरपालिकासँगको समन्वयमा मोतियाविन्दु शिविर अन्य सम्बन्धित पालिकाको समन्वयमा आँखा जाँच शिविर सञ्चालन गरिएको केन्द्रप्रमुख भट्टले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्