नेपाल ए ले क्यानडालाई दियो १ सय ८२ रनको चुनौती

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए ले क्यानडालाई जितका लागि १ सय ८२ रनको लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८१ रनको योगफल बनाएको हो ।

नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिएको छ । उनले ४३ बलमा पाँच चौकाको सहायताले २८ रन बनाएको छ । त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १९ रन बनाए ।

यस्तै, क्यानडाका लागि डिलोन हेलिगर, निकोलस किर्तन र हर्ष थाकरले समान दुई-दुई विकेट लिए भने कप्तान साद बिन जफर र कलिम सानाले सामन एक-एक विकेट लिएका छन् । आजको विजेताले जारी शृङ्खलामाथि कब्जा जमाउनेछ । तीन खेलको उक्त प्रतियोगितामा हाल दुवै टोलीले एक-एक खेल जितका छन् ।

नेपाल पहिलो खेलमा चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा दुई विकेटको जित हासिल गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्