कारोबारको अन्तिम दिन २०.७६ अंकले घट्यो नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबार अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ९ कम्पनीको ९ करोड ५१ लाख ८ हजार ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजारमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको १४ करोड ८७ लाख ९७ हजार १ सय ७८ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी समाज लघुवित्त वित्तिय संस्था लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ७.६० प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्