स्ट्रबेरीको मूल्य घट्यो, शुक्रबार अन्य तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ…

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज स्ट्रबेरीको मूल्य घटेको छ भने अन्य तरकारी तथा फलफुलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार रुख टमाटर १ सय ४० रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५०, भारतीय सानो गोलभेडा १५, अदुवा २ सय, रातो आलु ३२ र रातो भारतीय आलु ३४ रूपैयामा कारोबार हुँदा स्थानीय काउली २५, लौका ५०, कागती २ सय ५०, सुकेको खुर्सानी ४ सय, हरियो खुर्सानी ७५ रुपैयाँमा किनबेच भईरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला २५ र रातो मूला ३५ रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १ सय ३० रुपैयाँ, राजमा घिउ सिमी १ सय रुपैयाँ र टाटे सिमी ७० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ६० रूपैयामा खरिदबिक्रि हुँदैछ भने तोरीको साग र रायोको साग ३० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ३५ र जिरीको साग ७० रुपैयाँ रहेको समितिले जनाएको छ ।

आज गुन्द्रुक २ सय ५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ७० र पुदीना २ सय २० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २ सय ८०, हरियो लसुन ९० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ४०, भिण्डी १ सय र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितले जनाएको छ ।

शुक्रबार ताजा छडी माछा २ सय ४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २ सय ५०, रहु माछा ३ सय ४० र मंगुरी माछा ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १ सय २०, कालो अंगुर १ सय ८०, केरा १ सय ४० रुपैयाँ दर्जन, अनार २ सय ८०, किवी ४ सय, आभोकाडो ४ सय, अम्बा १ सय ४० र स्ट्रबेरी २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्