४ करोडको लागतमा लोमान्थाङ खोलामा पुल निर्माण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालीगण्डकी ‘करिडोर’ बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ । पुल रु ४ करोड ६८ लाख २ हजारको लागतमा निर्माण भएको हो ।

बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ । पुल निर्माण पूरा गरी हस्तान्तरण गरिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईँले जानकारी दिएका छन् ।

यस्तै, इन्जिनियर चापागाईँका अनुसार २ सय २ किलोमिटर दूरीको बेनी-जोमसोम कोरला सडकमा लोमान्थाङ खोलासहित थप छ वटा गाडी चल्ने सडक पुल निर्माण भएका छन् । बेनी-जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग रु ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता भएको छ ।

लोमान्थाङ गाउँपालिकाको लोमान्थाङसहित किम्लिङ, नाम्डोक र भर्माखोलाको पुल निर्माणका लागि मुक्तिनाथ-अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । बेनी-जोमसोम-कोरला सडक योजनामार्फत १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्