अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा घूस लिएको अभियोगमा ५ जना विरुद्ध मुद्दा दायर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । आयोगले यादव र पौडेललगाएत पाँच जना विरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग रु २ लाख ५० हजार बराबर घूस लिँदै गरेको अवस्थामा गत माघ ९ गते पक्राउ गरिएको थियो ।त्यसैगरी, आयोगले सर्वेक्षक बस्नेत र नासु अधिकारीविरुद्ध रु २ लाख ५० हजार बराबरको बिगो दाबी गरेको छ ।

आयोगले विचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशीषराज बस्नेत र दिनेश बञ्जाराविरुद्ध पनि मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्