राष्ट्रियसभाबाट विधायन सम्बन्धी विधेयक पारित !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेको ‘विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।

विधेयकमाथिको छलफलमा मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, मदनकुमारी शाह ‘गरिमा’, प्रकाश पन्थ, सुरेशकुमार आलेमगर, देवेन्द्र दाहालले भाग लिएका थिए । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८०’ सभा समक्ष पेश गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन १४ गते सोमबार विहान १ बजे बस्नेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्