नेदरल्याण्ड्सविरुद्ध नेपाल १ सय ७२ रनमा अलआउट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल १ सय ७२ रनमा अलआउट भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १ सय ७२ रनमा अलआउट भएको हो ।

नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मद्दतमा ६६ रन बनाएका हुन् । त्यसैगरी करण केसीले २६ रन बनाउदा आरिफ शेखले २२ रन जोडेका हुन् । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुल्शन झाले ५ रन बनाएका छन् ।

नेदरल्याण्डसका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीन-तीन विकेट लिएका छन् । यसैगरी बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले एक विकेट लिएका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्