सांसद ढकालको प्रश्न: ‘सिंहदरबार र बालुवाटारमा ‍किसानले गाईभैंसी नै हुल्नुपर्ने हो ?’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले किसानको पक्षमा सांसदबाट आवाज उठाएका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै ढकालले किसानहरूले दूध पोखेर विरोध गरेपनि सरकारले केहि चासो नदेखाएको हुँदा  सिंहदरबार र बालुवाटारमा ‍गाईभैंसी नै हुल्नुपर्ने हो भन्दै आवाज उठाएका हुन् ।

सांसद हरि ढकालले प्रश्न गर्दै भने, ‘कृषिमन्त्री र सरकारलाई ब्युँझाउन सिंह दरबार र बालुवाटारमा किसानले गाईभैंसी हुलिदिनुपर्ने हो ? प्रणय बन्धनभन्दा पनि प्रेमिल गठबन्धनको कृषिमन्त्रीले मनलाग्दी नियुक्ति बाहेक अर्को के गर्नुभयो ? कृषि क्षेत्र र किसानका लागि गरेको एउटा काम भनिदिनुस् ।’ उनले किसानको पक्षमा बोल्दै प्रतिनिधिसभामा यस्तो प्रश्न गरेका हुन् ।

यसैगरी  किसानहरूले साङ्केतिक विरोध गरेपनि सरकारले अटेर गरेकोप्रति सांसद ढकालले प्रश्न गरेका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्