आइतबार २६.८१ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबार अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १७ कम्पनीको ८ करोड ५४ लाख ६ हजार ९ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८६ करोड ९५ लाख १ हजारमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । उक्त कम्पनीको २५ करोड १८ लाख १२ हजार २ सय ४२ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी बोट्लर्स नेपाल (बालाजु) लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा समाज लघुवित्त वित्तिय संस्था लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्