मधेश प्रदेशका ८ जिल्लाका १९ लाख बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सरकाकरले आइतबारदेखि सुरु गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मधेश प्रदेशका आठ जिल्लाका १९ लाख ४७ हजार १ सय ४२ जना बालबालिकालाई खोप लगाइने भएको छ । आइतबार जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित श्रीराम लक्ष्मण राष्ट्रिय प्राथमिक विद्यालाय केन्द्रबाट उपमहानगर प्रमुख मनोजकुमार साह र मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा.राजीवकुमार झाले खोप अभियानको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा निर्देशनालय प्रमुख झाले मधेस प्रदेशका आठ जिल्लामा ९ महिनादेखि १५ वर्ष उमेर समूहका १९ लाख ४७ हजार १ सय ४२ जनालाई खोप लगाइने जानकारी दिएका छन् । राष्ट्रिय अभियानअन्तर्गत आजदेखि आगामी चैत ७ गतेसम्म प्रदेशका १ सय ३६ पालिकाका सबै १ हजार ७१ वडामा ११ हजार ३ सय ४६ केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको जनाइएको छ । त्यसका लागि १५ हजार ५ सय ८४ खोप कार्यकर्ता र त्यति नै सङ्ख्यामा स्वयंसेवक परिचालन गरिएको प्रमुख झाको भनाइ छ ।

त्यस्तै, स्वास्थ्य निर्देशनालयमा १० मात्रा भएको २ लाख ५१ हजार ७ सय ९८ भाइल, २१ लाख ९४ हजार सिरिन्ज र २१ लाख ९६ हजार घोलक सिरिञ्ज नेपाल सरकारकारमार्फत प्राप्त भएको जनाइएको छ । सो अभियान सफल पार्न सरकारबाट जिल्लास्तरमा कार्यक्रम खोप कार्यक्रम सञ्चालनका निम्ति रु ६ करोड ८९ लाख १८ हजार र स्वास्थ्य निर्देशनालयलाई कार्यक्रम गर्न रु २ लाख १३ हजार ९ सय प्राप्त भएको निर्देशनालयले जनाएको छ ।

जनकपुरधाम उपमहानगर प्रमुख साहले मधेस प्रदेशका जिल्लाहरू दादुरा-रुबेलाको जोखिममा रहेकाले अभियानबाट लाभ लिन नगरबासीलाई आग्रह गरेका छन् । सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा-रुवेला रोग उन्मूलन गर्ने लक्ष्यका साथ अभियान सुरु गरेकाले ढुक्कका साथ आफ्ना बालबालिकालाई नजिकको खोप केन्द्रमा लिनसमेत अनुरोध गरेका छन् । यसैगरी, वडा नं २३ का अध्यक्ष राघबेन्द्र साहले आफ्नो वडामा रहेका लक्ष्यित बालबालिकालाई खोप लगाउने बन्दोबस्त मिलाइएको जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्