विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७९-८० सङ्घीय संसद, राष्ट्रियसभा समक्ष पेश गरिएको छ । सभाको सोमबारको वैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेश गर्दै प्रतिवेदनबारे सभालाई जानकारी गराएकी हुन् ।

सभापति राईले एक वर्षमा समितिको जम्मा ५४ वटा वैठक सम्पन्न भएको बताएकी छन् । त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावत थापा (पार्वती) ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गरेकी हुन् ।

यसैगरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्