सोमबार १३.२८ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब १७ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन (आज) सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबार अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२.३० बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १४ कम्पनीको ५ करोड ९ लाख ८८ हजार ७ सय १७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १७ करोड ७ लाख ३९ हजारमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । उक्त कम्पनीको ९ करोड ७१ लाख ८० हजार २ सय २९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा समाज लघुवित्त वित्तिय संस्था लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्