मिटरब्याज सम्बन्धी विवादमा ७ सय ७९ वटा उजुरीमा मिलापत्र

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अनुचित लेनदेन सम्बन्धी ७ सय ७९ उजुरीमा मिलापत्र भएको छ । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विवादमा हालसम्म ७ सय ७९ वटा उजुरीमा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।

विसं २०८० वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत अनुचित लेनदेन सम्बन्धी उजुरी लिन सुरु गरिएको थियो । जसमा ३ हजार ३ सय २२ वटा उजुरी दर्ता भएका थिए । यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधीराम न्यौपानेले गत वैशाख १७ गतेदेखि हालसम्म ७ सय ७९ वटा उजुरीमाथि छलफल, समन्वय, सहकार्य गरी मिलापत्र गराइएको जानकारी दिएका छन् ।

उनका अनुसार कूल रु २३ करोड ९२ लाख ३१ हजार ७ सय ८२ बराबरको दाबी उजुरी परेको हो । जसमा हालसम्म विभिन्न माध्यमबाट सहमति, मिलापत्रमार्फत रु १५ करोड ११ लाख ३७ हजार ४सय ११ को टुङ्गो लगाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्