नेदरल्यान्ड्सले नेपाललाई दियो जितका लागि १ सय ८५ रनको लक्ष्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाअन्तर्गत बुधबार भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १ सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ८४ रनको योगफल बनाएको हो ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ३६ बल खेल्दै पाँच चौका र तीन छक्काको सहयोगमा ५४ रन बनाएका हुन् । त्यसैगरी स्याब्रान्ड एंगेलब्रेक्टले ३८ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाए । स्कट एडवार्डसले १६ बल खेल्दै पाँच चौकाको मद्दतमा ३३ रन जोडेका छन् ।

यस्तै, तेजा निडामानिरुले ३१ रन जोड्दा म्याक्स ओडाउडले चार रन बनाएका छन् । बलिङतर्फ नेपालका करण केसी र कुशल मल्लले समान एक-एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्