बुधबार ०.८७ अंकले घट्यो नेप्से परिसूचक, २ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौँथो दिन (आज) बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ८ कम्पनीको ५ करोड ११ लाख ५ हजार ६ सय ५८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३८ करोड १० लाख ९ सयमाथिको सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । उक्त कम्पनीको १२ करोड ६९ लाख ६५ हजार ५ सय ५४ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा बिशाल बजार कम्पनी लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा समलिङ कम्पनी पावर लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ६.६६ प्रतिशतले घटेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्