बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिका-७ को मानदमारमा बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जनाएका छन् ।

मंगलबार दिउँसो १:३० बजे आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासि बिजुलीको पोल ढलेर लाग्दा उनी घाइते भएका हुन् । घाइते भए पश्चात् उनलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल लगिएको थियो । त्यसैगरी उनको उक्त अस्पतालमा उपचार सम्भव नभएपछि मंगलबार अपराह्न भरतपुरस्थित मेडिकल कलेज लगिएकामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

मृतक तितुङको शव हाल सोही अस्पतालमा राखिएको छ । सो घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्