शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमती

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो ।

जिल्ला अदालत काठमाडौँले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको हो ।

शर्मिलाले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडा (म्याकुरी)ले जाहेरी दिएपछि उनलाई बुधबार प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्