आइतबार ११.७८ अंकले घट्यो नेप्से परिसूचक, ५ करोड ५७ लाखमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ९ कम्पनीको ५ करोड ५७ लाख ४ हजार २ सय ७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८२ करोड ७८ लाख ६ हजारमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । उक्त कम्पनीको १३ करोड २० लाख ४९ हजार ५ सय ४० रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा गोल्बल आइएमई लघुवित्त वित्तिय संस्था कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्य ९.७० प्रतिशतले बढेको छ ।

त्यसैगरी, सेयर बजारमा चिरख्वा हाइड्रोपावर लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ७.४९ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्