नेपाल र नेदरल्यान्ड्स त्रिकोणात्मक सिरिजको फाइनलमा भिड्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले एक-एक अङ्क बाडेका छन् ।

योसँगै उक्त प्रतियोगिताको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् । नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अङ्क जोड्दै फाइनमा पुगेको छ । यता नामिबियाले भने तीन अङ्क जोड्यो ।

यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा चार विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको थियो । सो पश्चात् वर्षा भएसँगै खेल रोकिएको थियो । खेल रोकिनुअघि नामिबियाका लागि जान लोफ्टी इएटनले ३४ रन र जिन ग्रिन ११ रन बनाएर खेलिरेहेका थिए ।

त्यस्तै, लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको थियो । फाइनल खेल यही फागुन २२ गते हुने भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्