कोटेश्वरमा बसको ठक्करबाट ट्राफिक प्रहरी घाइते

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बसको ठक्करबाट एक जना ट्राफिक प्रहरी घाइते भएका छन् । काठमाडौँको कोटेश्वरमा प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिँदा कोटेश्वर प्रभागमा कार्यरत ट्राफिक प्रहरी सई टोपबहादुर खत्री घाइते भएका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार कोटेश्वरबाट मोडिएर बालकुमारीतर्फ जाँदै गर्दा बसले ड्युटीमा रहेका ट्राफिक प्रहरी खत्रीलाई ठक्कर दिएको हो । घाइते खत्रीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा आइसियूमा राखेर उपचार भइरहेको छ ।

प्रहरीले बसका चालक नवराज गिरीलाई नियन्त्रणमा लिएका छन् । उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको जनाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्