टि-२० क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने मन्त्री कार्कीको भनाइ

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरमा हुने राष्ट्रिय टि- २० क्रिकेट प्रतियोगिताबाट अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताएका छन् । प्रदेशमा यही मंगलबार हुने टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा वितरण गरिने ट्रफीको सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा अनावरण गर्दै उनले यस्तो बताएका हुन् ।
यो प्रतियोगिता विराटनगरको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकट रङ्गशाला हुनु गौरवको विषय भएको मुख्यमन्त्री कार्कीले जनाएका छन् । उनले प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले प्रतियोगिता सञ्चालनबाट रङ्शालाका विकासमा टेवा पुग्नुका साथै सम्पूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने विचार राखेका छन् । उनले प्रदेश सरकारले खेल क्षेत्रलाई ‘युवामैत्री’का रुपमा अगाडि बढाउने योजना बनाइरहेको भन्दै यसलाई रोजगारसँग जोडिने उल्लेख गरेका छन् ।
त्यस्तै, मोरङ जिल्ला क्रिकट सङ्घका अध्यक्ष मोहम्मद साद कुरैसी (बाबु)ले प्रतियोगिता सञ्चालनबाट यस क्षेत्रका युवा क्रिकेटप्रति आकर्षित हुनुका साथै राष्ट्रियस्तरमा खेलाडी उत्पादनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । यसैगरी प्रतियोगिता सम्पन्न गर्न रु ७५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता लिगका आधारमा हुनेछ । सो प्रतियोगिता अन्तर्गत दैनिक दुई खेल हुनेछन् भने यसबाट प्रदेशको क्रिकेट खेलको स्तरवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगिताका लागि खेलाडी आउने क्रममा जारी छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्