अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित व्यक्तिका विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका-९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानुनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको पाइएपछि आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेविरुद्ध रु २६ लाख ८२ हजार १४ बराबरको बिगो दाबी गरेको छ । तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोगबहादुर शाही, सचिव बैदेही शाही र कोषाध्यक्ष रत्न रपा शाहीविरुद्ध पनि समान बिगो दाबी गरेको छ ।

त्यसैगरी सामुदायिक सिँचाइ आयोजनाअन्तर्गत परामर्शदाता संस्थामार्फत खटिएका सामाजिक परिचालक संयोजक प्रकाश बुढथापाविरुद्ध समान बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । सोरु-९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगीविरुद्ध पनि भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्