राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा हो: मुख्यमन्त्री शर्मा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा भएको बताएका छन् । द्धिपेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था चौकुने गाउँपालिका-९ सुर्खेतद्वारा मंगलबार आयोजित ‘द्धिपेश्वर धार्मिक पर्यटन, ज्ञान महायज्ञ एवं धार्मिक महामहोत्सव’ को शुभारम्भ गर्दै यस्तो बताएका हुन् ।

उनले राजनीति र धर्म फरक देखिए पनि मर्म एउटै रहेको जनाएका छन् । उनले भने, ‘समाजमा रहेका अन्याय, अत्याचार, कुरीति, कुसंस्कार र विभेद अन्त्य गरेर मानव सेवा गर्नु नै राजनीति र धर्मको लक्ष्य हुनुपर्दछ ।’ धार्मिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना रहेको कर्णाली प्रदेशमा आन्तरिक र बाह्य पर्यटक आर्कषणका लागि आवश्यक पूर्वाधार निर्माणलाई जोड दिएको बताउँदै मुख्यमन्त्री शर्माले भने, ‘कैलाश मानसरोवरलाई गन्तव्य बनाउनेगरी सर्किट तयार गनुर्पछ । कर्णाली प्रदेशका विभिन्न धार्मिक र प्राकृतिक पर्यटकीयस्थल हाम्रा सम्पदा हुन् । पयर्टन समृद्धिको माध्यम हो ।’

त्यस्तै, मानिसलाई आर्थिक सम्पन्नताले सुख र सामाजिक न्यायले खुसी तुल्याउने भएकाले त्यो अवस्था निर्माणमा सरकार लागेको उनको भनाइ छ । फरक प्रसङ्गमा उनले भने, ‘सरकार फेरबदल भइरहने प्रणालीबारे समयमै सोचेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्णसमानुपातिक निर्वाचन प्रणाली अवलम्बन हुनसकेमात्र राजनीतिक स्थिरता कायम हुन्छ । अब दलहरूको बहस यता केन्द्रित हुन जरुरी छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्