७०.३१ अंकले घट्यो मंगलबार नेप्से परिसूचक, ४ अर्ब ११ करोडमाथिको सेयर कारोबार !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १६ कम्पनीको ११ करोड ४६ लाख ७ हजार ५ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९ सयमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । उक्त कम्पनीको ४१ करोड ९१ लाख २२ हजार ७ सय ३५ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्य ८.७३ प्रतिशतले बढेको छ ।

त्यसैगरी, सेयर बजारमा बोट्लर्स नेपाल बालाजु लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्