झापाको हल्दिबारी गाउँपालिकाबाट दुर्लभ पोथी चित्तलको उद्धार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । दुर्लभ पोथी चित्तलको उद्धार गरिएको छ । झापाको हल्दिबारी गाउँपालिकाबाट दुर्लभ पोथी चित्तलको उद्धार गरिएको हो ।

मंगलबार बिहान हल्दिबारी-४ स्थित पाथिभरा सामुदायिक वनबाट निस्किएको उक्त पोथी चित्तललाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जनाएका हुन् । वनबाट निस्किएको चित्तललाई कुकुरले लखेटेपछि स्थानीयको घरमा पसेको थियो ।

त्यस्तै, स्थानीयले चित्तल समातेर प्रहरी चौकी जलथलमा खबर गरेका थिए । सो खबर पाएपछि प्रहरीले जिल्ला डिभिजन वन कार्यालय चन्द्रगढीबाट आएको टोलीलाई उक्त चित्तल सकुशल बुझाएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्