मुन्द्रेको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ‘मुन्द्रेको कमेडी क्लब’ टेलिभिजन कार्यक्रम बन्द भएको छ । जितु नेपाल (मुन्द्रे) ले टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका हुन् ।

सो कार्यक्रम तीन सिजनमा १ सय ८४ भाग प्रशारण भएर बन्दा भएको हो । मुन्द्रेले अर्को कार्यक्रम ल्याउनका लागि उक्त कार्यक्रम रोकेको जनाएका छन् ।

मुन्द्रेले फेसबुकमा राखेको स्ट्याटसले भने कार्यक्रम नै बन्द गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको बुझ्न सकिन्छ । उनले कार्यक्रम एक्कासी बन्द गर्नु परेको कारण समय आएपछि मात्रै बोल्ने जनाएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्