सभापति देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता, विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको छ । सो भेटवार्तामा उनीहरुबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको हो ।

अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा भएको भेटवार्तामा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । पूर्वप्रधानमन्त्रीद्वयबीचको सो भेटमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले परिवर्तित सन्दर्भबारे सकारात्मक कुराकानी भएको जनाएका छन् । उनले एकीकृत समाजवादीको आजै बस्ने सचिवालयको बैठक र निर्णयका आधारमा आफूहरुबीच पुनः छलफल हुने समेत उल्लेख गरेका छन् ।

यसैगरी अध्यक्ष नेपालसँग मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतलेसमेत भेटवार्ता गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्