जसपा र जनमत आन्तरिक छलफलमा

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार-विमर्श गरेको छ । पार्टीको बुधबार बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो ।
बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरुले आफ्नो धारणा राखेका जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् । ‘आजको बैठकमा सबै नेताहरुले मधेस प्रदेश सरकारको निरन्तरताको प्रत्याभूति खाजे भने सोहीअनुरुप आफ्नो धारणा पनि राखे । परिस्थिति अत्यन्तै तरल छ, यसको टुङ्गो लागेपछि मात्रै पार्टी निर्णयमा पुग्छ’, उनले भने । प्रवक्ता सुमनका अनुसार सत्ता साझेदार दलको बैठकको निर्णयपछि पार्टीले पुन:बैठक बसेर आधिकारिक निर्णय गर्नेछ ।
यसैगरी जनमत पार्टीले पनि मधेस प्रदेश सरकारको विषयमा टुङ्गो लागेपछि थप निर्णय गर्ने भएको सो पार्टीका प्रवक्ता डा.शरद्सिंह यादवले जनाएक छन् । उनले भने, ‘मधेस प्रदेशको मुख्यमन्त्री हाम्रो ‘बटममलाइन’ हो । पुरानो सम्झौताअनुसार नै अघि बढ्नुपर्छ भन्ने धेरैको धारणा छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्