बुधबार नेप्से परिसूचक ९.३३ अंकले बढ्यो, ३ अर्बमाथिको सेयर कारोबार !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ८ कम्पनीको ९ करोड १३ लाख ८ हजार १ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४५ करोड ८३ लाख ८ हजार ३ सयमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । उक्त कम्पनीको ३३ करोड ३७ लाख ७८ हजार ८ सय ७ रुपैयाँ ०० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा डोल्टी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ९.७१ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्