कारोबारको अन्तिम दिन १३.५१ अंकले बढ्यो नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन (आज) बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५ बिन्दुमा पुगेको हो ।

बिहीबार नेप्सेमा कुल ३ सय ९ कम्पनीको ८९ लाख २९ हजार १ सय ५२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १९ करोड ९२ लाख ५ हजारमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । सो कम्पनीको ५६ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

त्यसैगरी आज सेयर बजारमा एनआइसी एशिया ग्रोथ फण्ड-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मूल्य ६.२१ प्रतिशतले घटेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्