काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ १६ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य ०३ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ६८ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ३९ पैसा रहेको छ ।
त्यसैगरी शुक्रबार क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९० पैसा र बिक्री दर ९८ रुपैयाँ ३४ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: