हेटाैँडाको पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । हिन्दूको महान् पर्व महाशिवरात्रि पर्वका अवसरमा हेटौँडामा रहेको पशुतिनाथ मन्दिरमा शुक्रबार बिहानदेखि पूजापाठ गर्नेको घुइँचो लागेको छ । हेटौँडा-४ स्थित हुप्राचोरमा रहेको सो मन्दिरमा पूजापाठका विभिन्न सामग्रीसहित महिला, बालबालिका, वृद्धवृद्धा तथा पुरुष बिहानदेखि पूजा गर्नेको घुइँचो लागेको हो ।

कडा सुरक्षा व्यवस्था रहेको सो मन्दिरको एक किलोमिटर अगाडिदेखि दुईतर्फी पूजा गर्ने लाम लागेको छ । मन्दिरमा हेटौँडा बजारलगायत दुर्गम तथा ग्रामीण क्षेत्रका बासिन्दा आएका छन् । चोखो भई आजको दिन उपवास गरी शिवमन्दिरमा गएर बेलपत्र, धतुर, पुष्पमाला, फूल, अक्षत दूध तथा दही, तिललगायत मिष्ठान र फलफूल चढाउनाले सुख, समृद्धि तथा आरोग्य र दीर्घायु प्राप्त हुने जनविश्वास रहेको छ ।

मन्दिरमा भजन कीर्तनसमेत भइरहेको छ । आजको दिन हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानमा रहेको शिव मन्दिरका साथै हेटौँडाका अन्य शिव मन्दिरमा पूजा गर्नेको घुइँचो लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्