वैदेशिक अध्ययन छात्रवृत्तिको लागि आवेदन माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वैदेशिक अध्ययन छात्रवृत्तिको लागि आवेदन माग गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखाले वैदेशिक अध्ययन छात्रवृत्तिको लागि आवेदन माग गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (जनशक्ति योजना तथा विकास शाखा)ले जापान तथा कोरियामा स्नातकोत्तर र विद्यावारिधीको लागि आवेदन खल्ला गरेको छ । निजामति सेवा ऐन तथा नियमावलीका प्रावधान र तोकिएका मापदण्ड अनुसार शिक्षा मन्त्रालय तथा अन्तर्गत कार्यरत इच्छुक निजामति कर्मचारीले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, इच्छुक उम्मेदवारले चैत ६ गतेभित्र आवेदन दिनुपर्नेछ । मन्त्रालयले वाटर इन्जिनियरिङ एन्ड युटिलिटी म्यानेजमेन्छ फर फ्युचर लिडर्स, ग्लोबल एजुकेशन लिडरसीप लगायत ६ वटा शैक्षिक कार्यक्रमको लागि ४२ वटा छात्रवृत्तिमा आवेदन माग गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्