लुकाइछिपाइ ल्याएको रु ११ लाख ५० हजारसहित ४ जना प्रहरीको नियन्त्रणमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मकवानपुर प्रहरीले लुकाइछिपाइ ल्याएको रु ११ लाख ५० हजारसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । पूर्व-पश्चिम सडक खण्ड अन्तरगत हेटौँडा-१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले सो रकमसहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाट तर्फ जाँदै गरेको बिआर ०१ एआर २९९१ नम्बरको इन्डियन कारलाई शङ्का लागेर जाँच गरेको थियो । त्यसैगरी जाँच गर्ने क्रममा उक्त कारको सिटमुनी लुकाइछिपाइ ल्याएको अवैध रकमसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जनाएका छन् ।

यस्तै, पक्राउ परेकाको साथबाट १ हजार ४२ थान भारतीय ५ सयको नोट अन्दाजी ५ लाख २१ हजार, २ सयका ९३ थान, १८ हजार ६ सय, १ सयका ९३ थान, ९ हजार ३ सय, रु ५० को नोट चार थान गरी जम्मा भारतीय रु ५ लाख ४९ हजार १ सय र नेपाली रुपैयाँ हजारको नोट १ सय ५० थान, रु ५ सय को २ सय थान गरी नेपाली रु २ लाख ५० हजार फेला परेको प्रवक्ता भण्डारीको भनाइ छ । सो रकमसँगै कार चालक भारत विहार राज्य सीतामणि थाना ९९ भूभैरवो बस्ने वर्ष ३० का राकेशकुमार र सोही कारमा सवार वर्ष ३० को चन्द्रबाबु, वर्ष ३७ को अशोक राय, जिल्ला सुनसरी कोशी गाउँपालिका- ४ बस्ने वर्ष ३२ को निजाम मियाँसमेत चारजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिएका छन् ।

उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्