पशुपतिनाथ आएका साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिएर बिदाई !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनमा गर्नका लागि आएका साधुसन्तलाई बिदाईको कार्यक्रम सुरु भएको छ । आइतबार बिहान ११ बजेदेखि साधुसन्तलाई दक्षिणासहित बिदाईको कार्यक्रम सुरु भएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीका अनुसार साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाई गर्न लागिएको हो । उनले बाबाहरुलाई स्तरअनुसार रु १ हजारदेखि ९ हजारसम्म दिन लागिएको जनाएका छन् । पशुपति क्षेत्र विकास कोषले स्वदेश तथा विदेशबाट आएका साधुहरुलाई पाशुपत क्षेत्रमा खिर खुवाएर, दानभेटी, मिष्ठान्नप्रसाद दिएर बिदा गर्ने चलन रहेको जनाएको छ ।

यस्तै, बिदाइ गर्दा गुठी संस्थानले बाबाहरुलाई दक्षिणा दिने प्रचलन छ । नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्