कारोबारको दास्रो दिन सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दास्रो दिन (आज) सोमबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मुल्य स्थिर रहेको हो ।

आइतबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, सोमबार पनि १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ८ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ७ हजार ५ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२६४.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्