कमाउने थलो बन्दैछ महोत्सव मेला !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिका-९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्छिन् । गाउँका अन्य ९ जना महिलालाई जुटाएर उनले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गरेकी छन् ।

गत मङ्सिरयता दुनाटपरी बनाउन थालेका उनीहरुलाई आजभोलि दुनाटपरी बेच्न भ्याइनभ्याइ छ । कञ्चनपुरको महेन्द्रनगरमा उद्योग वाणिञ्ज सङ्घले आयोजना गरेको मेलामा उनीहरुको दैनिकी व्यस्त बनाएको छ । ‘मेला प्रदर्शनी कक्ष थापेका छौँ । गाउँमै उत्पादित दुनाटपरी बेच्छौँ’, उने भनिन्, ‘दुनाटपरी निकै रुचाइएको छ । यसले बजारीकरणमा टेवा पुर्याएको छ ।’ विभिन्न आकारको दुनाटपरी उत्पादन गरेर बिक्रीका लागि राखिएको छ । गाउँ नजिकैको रामघाट सामुदायिक वनबाट पात सङ्कलन गरेर दुनाटपरी तयार गर्ने गरिन्छ ।

त्यस्तै, ‘दुनाटपरी बनाउनेमा कार्यमा दश महिला संलग्न छन् । बिहानै जङ्गल गएर सालको पात टिपिन्छ’, उनले भनीन्, ‘पात सुकाएर पछि सिन्काले जोडिन्छ । त्यसपछि मेसिन राखेर दुनाटपरीको आकार दिइन्छ ।’ बैतडीको दोगडाकेदार गाउँपालिका-७ का टेकबहादुर कार्कीले पनि महेन्द्रनगरको महोत्सवमा डोको, सुप्पो, दलहन, अचार, घ्यू, महलगायत स्थानीय उत्पादनको प्रदर्शनी कक्ष राखेका छन् । उनले बैतडीमा निगालोबाट तयार पारिका डोको, सुप्पा बिक्रीका लागि महेन्द्रनगर ल्याएका छन् । कार्कीले भने,’कैलाली कञ्चनपुरका मेला महोत्सवमा बिक्री गरिन्छ । बैतडीमा उद्यु उद्यममा उत्पादन गरिएका वस्तु बिक्री गरिन्छ । कतिपय वस्तु स्थानीयबाट सङ्कलन गरेर ल्याउँछौँ । प्रचारप्रसार राम्रो भएको छ । बिक्री पनि राम्रै छ ।’

उक्त सङ्घको आयोजनामा यही फागुन २१ गतेदेखि महेन्द्रनगरमा ‘सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव’ जारी छ । मेलाले स्थानीयस्तरमा उत्पादित कृषि, खाद्यसहितका वस्तु तथा सेवाको प्रचारप्रसार, प्रवद्र्धन र बजारीकरणमा टेवा पुर्याएको सङ्घका अध्यक्ष पिताम्बर जोशीले विश्वास व्यक्त गरेका छन् । ‘स्थानीयस्तरमा उत्पादित खाद्यान्न, कृषि उत्पादन तथा लघु उद्यमलाई प्राथमिकतामा राखिएकोे छ’, उनले भने, ‘दिनहुँ सयौँले अवलोकन गरिरहेका छन् । यसले यहाँ उत्पादनको प्रचारप्रसार भइरहेको छ ।’

त्यस्तै, पहिलो पटक मेलामा थारु समुदायको मौलिक परिकारसहितको थारु गाउँ पनि राखिएको छ । त्यहाँ थारु मौलिक पहिचान झल्किने सङ्ग्रहालय तथा परिकार ढिक्री, घुँगी, माछा, सुँगुरको मासुलगायत छन् । कैलालीको जोशीपुर गाउँपालिका-६ सिमरीका अञ्जुराज डगौँराका अनुसार मेला महोत्सवमा थारु परिकार बेच्न लागेको आठ वर्ष भयो । महोत्सवमा एक याममा ३-४ लाख आम्दानी हुने गरेको डगौँराको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्