सभामुख घिमिरे भन्छन्: ‘लोप हुन लागेका परम्परा जगेर्ना गर्दै मौलिक पर्वका रुपमा मनाउनुपर्छ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ल्होसार पर्वलाई कम खर्चिलो र लोप हुन लागेका परम्परा जगेर्ना गर्दै मौलिक पर्वका रुपमा मनाउन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् । उनले एक शुभकामना सन्देश जारी गर्दै यस्तो कामना व्यक्त गरेका हुन् ।

सभामुख घिमिरले उक्त सन्देशमा हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष २१५१ औँ ग्याल्पो ल्होसार (डुक ल्हो)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना व्यक्त गरेका छन् । ‘नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा धनी छ, हरेक जातजातिका आफ्नै विशेषता बोकेका फरक-फरक चाडपर्व छन्’, शुभकामना सन्देशमा भनिएको छ, ‘हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँअनुसार फरक संस्कार र संस्कृति हुन्छन् ।’

यस्तै, सनातनदेखि आस्थाको धरोहरको रुपमा रहेका चाडपर्वले विविधताभित्रको एकता हुँदै आएको र नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको उनले जनाएका छन् । ‘मौलिक चाडवाडको संरक्षण र संवर्द्धन गर्दै मौलिकता हस्तान्तरण गर्न नयाँपुस्तालाई प्रेरित गर्न आवश्यक छ’, सन्देशमा भनिएको छ, ‘ल्होसार जस्ता सांस्कृतिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास लिएको छु ।’

त्यसैगरी प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार आफन्त भेटघाट र पूजाआजा गर्नुका साथै गुथुक र खाप्सेजस्ता खानेकुरा खाएर तथा सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्