मंगलबारको मौसम पूर्वानुमान: हिमाली भागमा हल्का हिमपातको सम्भावना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडोँ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भागमा अहिले आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।

मंगलबार देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्यास्त साँझ ६ बजेर ११ मिनेटमा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्