सुनको मूल्य स्थिर हुँदा मंगलबार चाँदीको मूल्य बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार स्थिर रहेको सुनको मुल्य मंगलबार पनि स्थिर रहेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १४ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ८ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ७ हजार ५ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२७३ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्