जसपा संसदीय दलको बैठक अपराह्न ४ बजे बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट लिन लागेको विश्वासको मतलगायत विषयमा छलफल र निर्णय गर्नका लागि संसदीय दलको बैठक आह्वान गरेको हो ।

सो बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ । उक्त पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आजको बैठकले वर्तमान सरकारमा पार्टीको उपस्थितिका साथै सरकारलाई विश्वसको मत दिनेलगायत विषयमा निर्णय गर्नेछ ।

प्रधानमन्त्री दाहाललाई यसअघि विश्वासको मत दिएको नेपाली कांग्रेसले सो मत फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले बुधबारसंसद्बाट विश्वाको मत लिने कार्यक्रम छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्