लगातार हरियाली हुँदैछ सेयर बजार, मंगलबार नेप्सेमा ५८.५८ अंकको बढोत्तरी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११.२४ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ५ कम्पनीको १० करोड ६० लाख ९ हजार ५ सय ९७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सयमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार सिभम् सिमेन्टस् लिमिटेडको भएको छ । उक्त कम्पनीको ३७ करोड १९ लाख ३३ हजार ७ सय ८६ रुपैयाँ ०० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा जन उत्थान सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा हिमालयन २०-८० कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य २.५७ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्