गृहमन्त्री लेख्छन्:-‘गैरकानुनी काम गर्नेलाई कारबाही गर्न कसैको आदेश कुर्नु पर्दैन’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले देश भरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीलाई कुनै पनि व्यक्ति वा समुहले गैरकानुनी काम गरे कारबाही गर्न आग्रह गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल (फेसबुक)मार्फत् यस्तो आग्रह गरेका हुन् ।

गृहमन्त्री लामिछानेले देशको कुनै पनि भागमा कुनैपनि व्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न आग्रह गरेका हुन् । साथै, उनले त्यस्ता व्यक्तिलाई कारबाही गर्न आफ्नो वा कसैको आदेश कुर्नु नपर्ने जनाएका छन् ।

उनले लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो  ? तँपाइले मलाई होइन मैले तँपाइलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ । जय नेपाल ( पार्टी वाला होइन, देश वाला)’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्