बुधबार सेयर बजारमा करेक्सन, नेप्से २.४८ अंकले घटेर २१०८.७२ बिन्दुमा कायम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौँथो दिन (आज) बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १० कम्पनीको १० करोड ८८ लाख ९ हजार ६ सय  ३४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३ सयमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार सिभम् सिमेन्टस् लिमिटेडको भएको छ । उक्त कम्पनीको २५ करोड ५३ लाख ८३ हजार ६ सय ६२ रुपैयाँ ०० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा विन लघुवित्त वित्तीय संथा लिमिटेडका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यसैगरी, सेयर बजारमा अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्