‘मुलुक र जनताको हितमा सबै गम्भीर हुनुपर्छ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष एवं सांसद डा.चन्द्रकान्त सिके राउतले मुलुक र जनताको हितमा सबै गम्भीर हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले जनआकाङ्क्षा अनुरुप मुलुकमा आर्थिक सुशासनसहितको विकास र समृद्धिलाई साकार पार्न सरकार र राजनीतिक दल गम्भीर हुनुपर्ने बताएका हुन् ।

उनले गठबन्धन सरकारको फेरबदलले जनताका समस्या सम्बोधन गर्न नसक्ने दाबी गरेका छन् । देश र जनताको हितमा प्रभावकारी काम गर्न सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमासमेत उनले जोड दिएका छन् । अध्यक्ष राउतले पटक-पटक गठबन्धन बन्ने र भत्कने अवस्थाले जनतालाई फाइदा नपुग्ने जानकारी दिएका छन् ।

त्यस्तै, जनताले राजनीतिक दल र नेताहरुलाई दिएको विश्वासको मत बचाउन कठिन भइरहेको अवस्थामा राजनीतिक प्रणालीमाथिको जनविश्वास अभिवृद्धि गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने खाँचो उनले औंल्याएका छन् । अध्यक्ष राउतले प्रतिनिधिसभाको बैठकमा भने, ‘हामी राजनीतिक कारणले वर्तमान गठबन्धन सरकारलाई समर्थन गर्न सक्दैनौँ तर सफलताको शुभकामना भने दिन्छौँ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्