उपसभापति वाग्ले भन्छन्:- ‘काम गर्न नसकेको दिन पार्टी आफै सरकारबाट बाहिरिने छ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले काम गर्न नसकेको दिन पार्टी आफै सरकारबाट बाहिरिने बताएका छन् । उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टी नयाँ भएको र उनीहरु जनताका काम गर्न आएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उनले यस्तो जानकारी दिएका हुन् । उपसभापति वाग्लेले रास्वपाले सार्वजनिक सेवा प्रवाहका लागि गठबन्धन गरेको स्पष्ट पारेका छन् ।

रास्वपाले सरकारमा बसेर सुशासन र सेवा प्रवाह गर्ने वाग्लेको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्