कारोबारको अन्तिम दिन २७.८४ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन (आज) बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ३ कम्पनीको ११ करोड ४८ लाख ३ हजार ६ सय १७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३ सयमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडको भएको छ । उक्त कम्पनीको ५० करोड ८९ लाख ८ हजार ६ सय ९९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा विन लघुवित्त वित्तीय संथा लिमिटेडका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा स्वाभीमान लघुवित्त वित्तीय संथा लिमिटेडका कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ६.०२ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्